Kathmandu Press

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ। 
अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

काठमाडौं, चैत २२ : संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ। 

प्रतिष्पर्धामा रहेका विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त...’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। 

Hardik ivf

'अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु। मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु', अधिकारीले भने, 'एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु।'

गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन्। विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ। उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ। 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, चैत २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्