सम्बन्ध कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु
दार्जिलिङ, सिक्कम, कालिङपोङ र नेपालका कलाकारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सम्बन्ध कला प्रदर्शनी आयोजना गरिएको ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ।
काठमाडाैं, चैत २२ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्बन्ध कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु भएको छ।
दार्जिलिङ, सिक्कम, कालिङपोङ र नेपालका कलाकारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सम्बन्ध कला प्रदर्शनी आयोजना गरिएको ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। सम्बन्ध कला प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरे।
प्रदर्शनीले नेपाल–भारतको सम्बन्ध अझ बढाउनका लागि साथै एकअर्काका अनुभवी सिर्जना सिपको विकास कला, बिकास, कला प्रवद्र्धन तथा कुटनीतिक सम्बन्धसंगै अन्तराष्ट्रिय सांस्कृतिक सौहार्दता र सामाजिक सद्भाव बढाउने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले विश्वास व्यक्त गरे। कला प्रदर्शनीमा ३५ भन्दा बढि कलाकारका कलाहरु राखिएका छन्।
प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
