Kathmandu Press

नेप्से परिसूचकमा झिनो गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ।
नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौं, चैत २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ।
 
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ। विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर रु तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सातमा कारोबार भएको छ। 

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु २३ करोड ३२ लाख ९१ हजार छ सय १२ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट रु १८ करोड ३८ लाख ६७ हजार चार सय, सर्वोत्तम सिमेन्ट रु १८ करोड २४ लाख ७१ हजार पाँच सय ५६, सूर्यज्योति लाइफ इन्स्योरन्स रु छ करोड २३ लाख र सोनापुर मिनरल्स रु छ करोड दुई लाख ९३ हजार आठ सय ५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

Hardik ivf

नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै मनकामना स्मार्ट लघुवित्तको नौ दशमलव ९९, गुराँस लघुवित्तको नौ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको नौ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य  नौ दशमलव २१ प्रतिशतले बढेको छ। 

साथै पिपल्स पावरको नौ दशमलव शून्य पाँच, सर्वोत्तम सिमेन्टको पाँच दशमलव ८५, रिभर फल्स पावरको चार दशमलव शून्य नौ, इमर्जिङ नेपालको तीन दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य  तीन दशमलव ३१ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्