Kathmandu Press

श्रम अदालतको मुकाम काठमाडौं तोक्ने निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय

त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
श्रम अदालतको मुकाम काठमाडौं तोक्ने निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय

काठमाडाैं, चैत २२ : सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरी तोक्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरि तोक्ने निर्णय भएको र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Hardik ivf

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्राडा पशुपति चौधरी र सदस्य पदमा वीरेन्द्रप्रसाद यादव नियुक्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

प्रवक्ता शर्माले सरकारी प्रकरणमा गृहमन्त्रीमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानबिन समिति गठनको आवश्यकता नरहेको बताइन्। 

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्