Kathmandu Press

लुम्बिनीमा माओवादीलाई मुख्यमन्त्री दिन गठबन्धनमा सहमति

माओवादी, एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदबीच मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्ति सबैको अपनत्व हुने गरी गर्ने लगायत पाँचबुँदे सहमति  भएकाे हाे।
लुम्बिनीमा माओवादीलाई मुख्यमन्त्री दिन गठबन्धनमा सहमति

 
काठमाडौं, चैत २२ : लुम्बिनी प्रदेशमा माओवादीको नेतृत्वमा सरकार गठनका लागि चार दल रएक स्वतन्त्र सांसदबीच सहमति भएको छ।

माओवादी, एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदबीच मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्ति सबैको अपनत्व हुने गरी गर्ने लगायत पाँचबुँदे सहमति  भएकाे हाे। मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई समर्थन गर्ने सहमति भएको हो।

Hardik ivf

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन्। उनीहरूले यो सहमतिसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि गठबन्धनमा जोडिएको बताइएकाे छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन आवश्यक पर्छ। त्एयहाँ एमालेका २९, माओवादीका सभामुखबाहेक १०, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्ग बस्नेत सांसद छन्। लुम्बिनीमा नाउपाका चार सांसद छन्।

lumbini-uml-1-1712226012.jpg

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्