सुदूरपश्चिममा नाउपाका दुई सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग काठमाडौंमा भएको छलफलपछि चौधरी र जोशी विश्वास मत नदिने निष्कर्षमा पुगेकाे स्राेतले बताएकाे छ।
कैलाली, चैत २२ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएका छन्। नाउपाका कैलाश चौधरी र स्वतन्त्र सांसद तारा जोशीले विश्वासको मत नदिने भएका हुन्।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग काठमाडौंमा भएको छलफलपछि चौधरी र जोशी विश्वास मत नदिने निष्कर्षमा पुगेकाे स्राेतले बताएकाे छ। मुख्यमन्त्री शाहले आज आज ३ बजेका लागि बाेलाइएको बैठकमा विश्वास मत लिँदैछन्। विश्वासको मत नपाउने देखेपछि कांग्रेसका सांसदहरूले भने उनलाई राजीनामा दिन सुझाएका छन्।
सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। नाउपकै दुई सांसद नआउने भएपछि स्वतन्त्र सांसदले पनि उपस्थित नहुने जनाएकाे बताइएकाे छ । नाउपाबाट सबै मत नपाउँदा कांग्रेसका मुख्यमन्त्री शाहलाई विश्वासकाे मत नपुग्ने देखिन्छ। नाउपाबाहेक स्वतन्त्र, राप्रपा र आफ्नो पार्टीकाे मात्र मतले आवश्यक २७ पुग्न सक्दैन। नाउपाका २ र स्वतन्त्र १ सांसद उपस्थित नहुने भएपछि शाहको सत्ता धरमराएकाे छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

