Kathmandu Press

आफ्नो चीन भ्रमणप्रति भएको टिकाटिप्पणीप्रति परराष्ट्रमन्त्री श्रेष्ठकाे असन्तुष्टि

चीन भ्रमणका क्रममा एक मिनेट पनि फुर्सद नलिई नेपालको आर्थिक बिकास लागि छलफल भएको भन्दै उनले छिटै सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरे।
आफ्नो चीन भ्रमणप्रति भएको टिकाटिप्पणीप्रति परराष्ट्रमन्त्री श्रेष्ठकाे असन्तुष्टि

काठमाडाैं, चैत २२ : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणप्रति भएको टीकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार ललितपुरको जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ उद्घाटन गर्दै श्रेष्ठले आफ्नो चीन भ्रमणका बिषयमा केही मान्छेहरुले नबुझेर टिकाटिप्पणी गरेको भन्दै आफु परराष्ट्रमन्त्री भएर चीन गएकाले परराष्ट्रमन्त्रीले जे गर्नुपर्ने हो त्यही काम गरेको समेत बताए। चीन भ्रमणका क्रममा एक मिनेट पनि फुर्सद नलिई नेपालको आर्थिक बिकास लागि छलफल भएको भन्दै उनले छिटै सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरे।

Hardik ivf

उनले राजनीतिक परिवर्तनसंगै देशलाई आर्थिक रुपान्तरण गर्दै आर्थिक बिकासमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए। अर्थतन्त्रलाई बेलैमा लयमा ल्याउदै जनताको जीवनस्तरमा सुधार गर्न सके मात्रै राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने उनले बताए।

श्रेष्ठले लगानी सम्मेलनलाई सफल पार्दै सरकार निजी क्षेत्र उद्योगी व्यवसायी मिलेर देशको यथार्थलाई मध्यनगर गर्र्दै बजेट निर्माणको प्रक्रियामा केन्द्रीत हुनपर्ने उल्लेख गरे।

मेड इन नेपाल नारा सहित सुरु भएको एक्स्पो २६ गतेसम्म आयोजना हुने ललितपुर चेम्बर अफ कमर्शले जनाएको छ। एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरु राखिएको छ।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्