Kathmandu Press

देश कोरोनामुक्त नहुँदासम्म ‘आक्रामक कारवाही’ बन्द गर्ने विप्लवको घोषणा

काठमाडौं, चैत १० : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसबाट देश मुक्त नभएसम्म ‘आक्रामक कारवाही’ बन्द गरेक....

देश कोरोनामुक्त नहुँदासम्म ‘आक्रामक कारवाही’ बन्द गर्ने विप्लवको घोषणा
फाइल

काठमाडौं, चैत १० : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसबाट देश मुक्त नभएसम्म ‘आक्रामक कारवाही’ बन्द गरेको जनाएको छ। 

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिइरहेका बेला विप्लव नेतृत्वको नेकपाले देश कोरोनामुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाही बन्द गरिएको जनाएको हो। 

पार्टीका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरी सबै चिकित्सक तथा स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न अपील गरेका छन्। ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी कोरोनाको संक्रमणविरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह गर्छ छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, विप्लवले पार्टीका कार्यकतालाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक गराउन पनि निर्देशन दिएका छन्।

हेर्नुस् विज्ञप्ति :


 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्