कांग्रेस र एमाले एक ठाउँमा उभिएर देशमा स्थिरता कायम गर्नुपर्छ : शेखर काेइराला
‘संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ।’-1711784405.jpg)
काठमाडौं, चैत २२ : कांग्रेस नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धनले कुनै निकास नदिने भन्दै कांग्रेस र एमाले एक ठाउँमा उभिएर देशमा स्थिरता कायम गर्नुपर्ने बताएका छन्।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ।’
र याेभन्दा पहिलेकाे कांग्रेस र माओवादी गठबन्धनले पनि केही नगरेकाे र अहिलेकाे एमाले र माओवादी गठबन्धनबाट पनि देशको आर्थिक विकास हुने त कुनै पनि सम्भावना नरहेकाे उनकाे भनाइ थियाे।
पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको कोइरालाकाे भनाइ थियाे।
उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको भन्ने हेक्का राख्नुपर्ने स्पष्ट पारे। कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनकाे भनाइ थियाे।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

