कांग्रेसबाट इलाम २ मा डम्बर खड्का उम्मेदवार
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
काठमाडौं, चैत २२ : इलाम २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
गत प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग झिनो मतले पराजित भएका थिए। यस्तै, बझाङ प्रदेश सभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
संसदीय बोर्डको निर्णयलाई कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ।
प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

