बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय
आज सभापति शेरबहादुर देउवाकाे निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
काठमाडौं, चैत २२ : नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज सभापति शेरबहादुर देउवाकाे निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अभिषेक सुदूरपश्चिम प्रदेश सरकारका दिवंगत आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वी बहादुर सिंहका छोरा हुन्। सिंहको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
२०५५ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर चितवनमा सहभागी भएका अभिषेक २०७२ सालमा नेपाल तरुण दल बझाङ क्षेत्र नं १ (क) क्षेत्रीय सभापति रहेका सिंह नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा विजयी भएका थिए।
ग्रामीण विकासमा स्नातकोत्तर अभिषेक बाल्यकाल देखि नै कांग्रेसको राजनीतिमा सक्रिय थिए।
प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

