Kathmandu Press

गुठीसम्बन्धी सुझाव पेश गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं, चैत १० : गुठी सम्बन्धी राय सुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ।

चैत ५ गतेको मन्त्र....

गुठीसम्बन्धी सुझाव पेश गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं, चैत १० : गुठी सम्बन्धी राय सुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ।

चैत ५ गतेको मन्त्रिस्तरीय निर्णयानुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्ने विषयका सन्दर्भमा सरोकारवाला, गुठीयार तथा जनप्रतिनिधिहरुसँग आवश्यक छलफल परामर्श गरी प्रस्तावित गुठी विधेयकमा राय सुझाव तयार गरी मन्त्रालयलाई बुझाउने छ।

समितिले गुठीका गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरुको संलग्नतामा अध्ययन, अन्तरक्रिया, छलफल र बैठक बसेर गुठीहरुको विशिष्टकृत अवस्थाको वस्तुस्थितिको चित्रण गरेर सुझाव दिनेछ। समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्रमा समितिले मन्त्रालयलाई सुझाव पेश गर्नुपर्नेछ। सोही आधारमा गुठीसहितको भूमि विधेयक मन्त्रालयले तयार गर्नेछ।
  
राष्ट्रियसभाबाट सरकारले गुठी विधेयक फिर्ता लिएपछि गुठीसहित एकीकृत भूमि सम्बन्धी विधेयक ल्याउन मन्त्रालयले तयारी गरेको छ। सोही सन्दर्भमा गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरु र जनप्रतिनिधिहरु मन्त्रालयले यसअघि पटक–पटक छलफल गरिसकेको छ।

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्