जसपाबाट समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस
आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई समानुपातिक सांसदमा सिफारिस गरेको हाे।
काठमाडौं, चैत २२ : जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसदमा बाँकेकी हसिना खानको नाम सिफारिस गरिएको छ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई समानुपातिक सांसदमा सिफारिस गरेको हाे। जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको मुस्लिम महिला क्लस्टरको सूचीमा उनकाे नाम थियाे।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित मञ्जु शर्माको यही चैत ४ गते निधन भएपछिएक पद रिक्त थियो।
शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन्।
प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

