कर्णालीमा सरकार गठनका लागि दाबी पेस गर्दै एमाले नेता कँडेल
‘माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेस गर्न जान्छौं,’ एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले भने।
कर्णाली, चैत २२ : एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन्।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। उनलाई सत्ता साझेदार दल माओवादी केन्द्रको समर्थन रहनेछ।
प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएका थिए। लगत्तै प्रदेश प्रमुख तिलक परियारले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
‘माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेस गर्न जान्छौं,’ एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले भने।
प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)