राजीनामा दिने कि विश्वासको मत लिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शाहलाई नै
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले परिस्थितिको विश्लेषण गरी मुख्यमन्त्री साहालाई निर्धाण लिने अधिकार दिएको हो।
कैलाली, चैत २२ : राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने भन्ने बारे निर्णय निर्णय लिने अधिकार मुख्यमन्त्री कमलबहादुर शाहले नै पाएका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले परिस्थितिको विश्लेषण गरी मुख्यमन्त्री साहालाई निर्धाण लिने अधिकार दिएको हो।
आजै दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यक्रम तय छ। तर, नागरिक उन्मूक्ति पार्टीभित्रको चरम विवादका कारण विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाह दोधारमा परेका छन्।
अन्तिम समयसम्म विश्वासको मत जुटाउन प्रयास गर्ने र सम्भव नभए प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्रीको तयारी छ।
प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

