Kathmandu Press

अझै रोकियोएन सुनको मूल्यको उकालो यात्रा, १ हजार बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेरएक लाख ३४ हजार रुपैयाँ निर्धारण भएको छ।
अझै रोकियोएन सुनको मूल्यको उकालो यात्रा, १ हजार बढ्यो

काठमाडौं, चैत २२ : नेपाली बजारमा सुनको मूल्यले प्रत्येक दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ। बिहीबार पनि त्यसले निरन्तरता पायो।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेरएक लाख ३४ हजार रुपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार छ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्