Kathmandu Press

लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

प्रदेशसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ। बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।
लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

दाङ, चैत २२ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर लुम्बिनीमा पनि परेको हो।

Hardik ivf

प्रदेशसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ। बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।

प्रदेशसभामा ८७ सदस्य छन् । राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित भएपछि सांसदको संख्या ८६ छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ।

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३÷३ जना सांसद छन्। त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १÷१ जना सांसद छन्।

मुख्यमन्त्री चौधरी विश्वासको मतका लागि कांग्रेसबाहेक १७ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ।

प्रकाशित मिति: ११:०६ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्