कर्णालीमा नयाँ सरकार गठनका लागि आव्हान
बुधबार दिउँसो मात्रै मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। लगत्तै प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
सुर्खेत, चैत २१ : कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान भएको छ।
प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
बुधबार दिउँसो मात्रै मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। लगत्तै प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
सत्ता गठबन्धनमा कर्णालीमा एमालेले सरकारले नेतृत्व गर्ने सहमति भइसकेको छ।
प्रदेश प्रमुख परियारले अर्को सरकार गठन नहुन्जेलका लागि राजीनामा दिएका मुख्यमन्त्री शर्मालाई नै कामचलाउ सरकारको जिम्मेवारी दिएका छन्।
प्रकाशित मिति: २०:३८ बजे, बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)