कांग्रेसले अझै टुंग्याउन सकेन उपनिर्वाचनको उम्मेदवार
धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल गरि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने उनले बताए।
काठमाडौं, चैत २१ : बैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदावर टुंगो लगाउन नेपाली कांग्रेसलाई सकस परेको छ। उम्मेदावर टुंग्याउन कांग्रेस नेताहरु लागातरा दुई दिनदेखि छलफलमा छन्।
दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागि हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न नसकेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने उनले जनाए।
धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल गरि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने उनले बताए।
‘आज पनि निर्णय हुन सकेन । आजको बैठकले इलाम–२ र बझाङ प्रदेश सभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर भोलि छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ । भोलि बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ,’ उनले भने, ‘त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौँ। त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ।’
सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिने प्रयास भएका कारण उम्मेदवार चयनमा ढिलाइ भमएको उनको दाबी छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

