Kathmandu Press

निजामती कर्मचारीलाई मर्यादित र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ : सांसद थापा 

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकको संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफलमा भाग लिदै सांसद थापाले राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका नेता र जनताबीच अविश्वासको ठुलो खाडल रहेको भन्दै उक्त खाडलाई कसरी पुर्न सकिन्छ ?
निजामती कर्मचारीलाई मर्यादित र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ : सांसद थापा 

काठमाडौं, चैत २१ : नेपाली कांग्रेसका सांसद राजु थापाले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्ने बताएका छन् । 

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकको संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफलमा भाग लिदै सांसद थापाले राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका नेता र जनताबीच अविश्वासको ठुलो खाडल रहेको भन्दै उक्त खाडलाई कसरी पुर्न सकिन्छ ? जनताप्रति कसरी विश्वास दिलाउन सक्छौं त्यसतर्फ सोच्नुपर्ने थापाले बताए । थापाले निजामती कर्मचारीमा पहिला जस्तो आकर्षण नभएको भन्दै यसतर्फ आकर्षण बढाउने जिम्मेवारी राजनीतिक दलको भएको बताए ।

Hardik ivf

उनले भने,‘यो सेवामा पनि त्यती आकर्षण वढेको छैन्, घटेको छ । म स्याङ्जा जिल्लाबाट प्रतिनिधित्व गर्छु, मेरो जिल्लामा पहिला–पहिला एसएलसी पास गर्ने बित्तिकै लोकसेवाको तयारी हुन्थ्यो, अहिले हाम्रो प्राथमिकता के छ भने तिमी यो देशको अधिकृत बन्छौं कि विदेश जान्छौं भन्दा विदेश रोज्ने चलन वढिरहेको छ । त्यसकारण यसलाई मर्यादित बनाउँदै राजनीतिक हस्तक्षेप रोक्नुपर्छ ।’ 

राजनीतिक दलका नेता मन्त्री हुने बित्तिकै आफूसँग आवद्व सचिव को छ ? भनेर पहिला खोज्ने प्रवृत्तिबाट माथी उढ्नुपर्ने थापाले बताए । यस्तै खाली राजनीतिक चलखेलका लागि मात्र विभिन्न कर्मचारीका ट्रेड युनियनलाई प्रयोग गर्न नहुने थापाको भनाइ थियो । 
 

प्रकाशित मिति: १९:२६ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्