Kathmandu Press

न्यायाधीश गिरीलिाई थुनामा राख्न सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चको संयुक्त इजलासले उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामै राख्न आदेश दिएको हो।
न्यायाधीश गिरीलिाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौं, चैत २१ : सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलिाई थुनामै राख्न बुधबार आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चको संयुक्त इजलासले उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामै राख्न आदेश दिएको हो।

Hardik ivf

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले आरती रावलले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरी अनुसार पक्राउ परेका गिरीलाई जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले भने थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको थियो।

इजलासमा बहस चलिरहेका बेला आरतीले विष पिएकी थिइन्। अहिले उनलाई वीर अस्पताल पठाइएको छ । अब भने गिरीले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने छ।

 

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, चैत २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्