Kathmandu Press

नेपालगञ्ज कारागारका कैदीको मृत्यु

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
नेपालगञ्ज कारागारका कैदीको मृत्यु

बाँके, चैत २१ : नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा ९कैदी०को मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए।

Hardik ivf

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका कारागार कार्यालयले जनाएको छ। गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए। 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, चैत २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्