Kathmandu Press

नाउपमा रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकको काउण्टर ह्वीप

नाउपा अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन बुधबार ह्विप जारी गरेकी थिइन्। उनले जारी गरेको ह्वीप लगत्तै सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
नाउपमा रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकको काउण्टर ह्वीप

काठमाडौं, चैत २१ : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका लागि जारी गरेको ह्विपविरुद्ध पार्टीका प्रमुख सचेतकले अर्को ह्वीप जारी गरेका छन्।

नाउपा अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन बुधबार ह्विप जारी गरेकी थिइन्। उनले जारी गरेको ह्वीप लगत्तै सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

Hardik ivf

नाउपाका सचेतक डगौराले जारी गरेको ह्विपमा मुख्यमन्त्री शाहले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदानका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन भनिएको छ।

डगौराको ह्वीपमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्विप) जारी गरिएको उल्लेख छ।

 

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, चैत २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्