Kathmandu Press

सर्वोच्चको इजलासमै पूर्वन्यायाधीश पत्नी आरतीले पिइन् विष

रावलले मुद्दाको सुनुवाई चल्दाचल्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा विष सेवन गरेकी हुन्।
सर्वोच्चको इजलासमै पूर्वन्यायाधीश पत्नी आरतीले पिइन् विष
फाइल तस्बिर

काठमाडौं, चैत २१ : पूर्वजिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्।

रावलले मुद्दाको सुनुवाई चल्दाचल्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा विष सेवन गरेकी हुन्।

Hardik ivf

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी रावलले गिरीविरुद्ध अदालतमा बैबाहिक बलात्कार मुद्दा दिएकी छन्।

तल्लो अदालतले गिरीलाई तारिखमा छाडेपछि उनले सर्वोच्चमा निवेदन दिएकी थिइन्। रावलले यसअघि गत माघ २ गते पनि सर्वोच्चको गेट अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्।

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, चैत २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्