कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार
कर्णालीमा माओवादी केन्द्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि शर्मा राजीनामा दिन तयार रहेको जनाइएको छ। शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने भएका हुन्।
सुर्खेत, चैत २१ : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन्।
कर्णालीमा माओवादी केन्द्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि शर्मा राजीनामा दिन तयार रहेको जनाइएको छ। शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने भएका हुन्।
शर्माको राजिनामा नदिने र विश्वासको मत लिने अडानका कारण ३ बजेका लागि डाकिएको प्रदेश सभाको बैठक बस्न ढिलाई भएको छ।
सत्ता गठवन्धनमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको थियो । तर एमालेलाई नेतृत्व हस्तान्तरण नगर्ने अडानका कारण गठवन्धनमा समस्या हुँदै आएको थियो।
पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने सहमतीपछि शर्मा राजिनामा दिन तयार भएको बताइएको छ।
प्रकाशित मिति: १६:०३ बजे, बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

