Kathmandu Press

सेयर बजारको आरालो यात्रा कायमै

१३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन्। सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ।
सेयर बजारको आरालो यात्रा कायमै
Hardik ivfHardik ivf

काठमाडौं, चैत २१ : सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। ु

नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द भएको छ। १३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन्। सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ।

आज १३२ कम्पनीको सेयरमूल्य घटेको छ भने १०३ को बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन।

६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ।  

घटेको बजारमा पनि गुराँस लघुवित्त र वीन नेपाल लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ। मानुषी र गणपति लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्।

आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । सेयरमूल्य प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको यो कम्पनीको सेयर २५ करोड ८० लाख रुपैयाँको किनबेच भएको छ । दोस्रोमा सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको  ।

यस्तै शिवम् सिमेन्टको ९ करोड, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।  

आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, बोटलर्स तराई, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जीलगायत छन्।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्