Kathmandu Press

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी गराएका थिए।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते
Hardik ivf

काठमाडौं, चैत २१ : राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते बुधबार हुने भएको छ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी गराएका थिए।

उनले निर्वाचन कार्यक्रम प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिए। उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि उक्त पद खाली छ।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्