गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान
माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार नै राजिनामा दिएका थिए। मुख्यमन्त्रीकाे राजीनामा लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनकाे आह्वान गरेका हुन्।
काठमाडौं, चैत २१ : प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार नै राजिनामा दिएका थिए। मुख्यमन्त्रीकाे राजीनामा लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनकाे आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बुधवार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको जानकारी दिएका छन्।
चैत्र २७ गते मंगलबार दिउँसो ३ बजेभित्र बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ।
विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएका थिए । अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यही प्रदेश मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्न भनिएको छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

