Kathmandu Press

‘त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ’

मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन् ।
‘त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ’

काठमाडौं, चैत २१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन्।

शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरूका बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन् ।

Hardik ivf

‘उत्तरपुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको छ । त्यो समितिले छानबिन गर्दै छ र त्रिवीको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही पनि गर्न सकिने छ। त्रिबीसँगै जोडिएको नर्सिङका विद्यार्थीहरुले तालाबन्दी गर्नु भएको थियो,’ उनले भनिन्, ‘त्यो विषयमा मन्त्रालयमा नै डाकेर चिकित्सा सेवा आयोग सम्बन्धित डिन, उपकुलपति र नर्सिङ् काउन्सिलका अध्यक्षसँग बसेर छलफलपछि तालाबन्दी पनि फुकेको छ।’

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षालाई रोजगारीमूलक बनाउनका लागि पनि कार्यदल बनाएर अगाडि बढेको उल्लेख गरिन्।  

‘शिक्षा रोजगारी मूलक बनाउनको लागि कार्यदल बनाएर अगाडि बढेका छा। शिक्षकहरुको लाईसेन्सको परिक्षा, सेवा आयोगको परिक्षाको प्रश्नह पनि अध्ययन गर्न थालेका छौं,’ उनले भनिन्, ‘शिक्षकहरु कस्तो खालको आईरहनु भएको छ भनेर पनि विज्ञ टोलीसहित कार्यदल बनेको छ । जसले यसमा परिमार्जन गर्नुपर्ने के के छ, हाम्रो शिक्षक कस्तो छन्। भनेर कार्यदलले काम गरिरहेको छ।’

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिमान्तकृत बस्ती र समूहलाई प्राथमिकतामा राखेर नै विशेष आवसिय विद्यालयको लागि प्रस्ताव गरेका उल्लेख गर्दै उनले त्यस्ता विद्यालय स्थापना गर्न सके गरिब र विपन्न विद्यार्थीहरुको लागि राहत हुने बताइन्।

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्