Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शर्माले अडान नछाडेपछि गठवन्धनको सहमति संकटमा

कर्णालीका मुख्यमन्त्री शर्माले अडान नछाडेपछि गठवन्धनको सहमति संकटमा

काठमाडौं, चैत २१ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो अडानबाट पछि नहटेपछि सत्ता गठवन्धन दलमा भएको सहमती संकटमा परेको छ।

माओवादी केन्द्रका शर्माले नेपाली कांग्रेसको समर्थनमा विश्वासको मत लिने तयारीमा जुटेका छन्।

Hardik ivf

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई मार्गप्रशस्त गर्न निर्देशन दिएपनि शर्माले अहिलेसम्म अडान छाडेका छैनन्। उनले विश्वासको मत लिन सक्रियता बढाएपछि अहिले सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ।

सत्ता गठवन्धनमा कर्णाली एमालेको भागबन्डामा परेको थियो । एमाले संसदीय दलको बैठकमा विश्वासको मतको विषयमा छलफल भइरहेको जनाइएको छ।

यता, मंगलबार बसेको कर्णाली प्रदेशसभा नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले जुन हालतमा पनि विश्वासको मत लिएर छाड्ने अडान लिएको छ। बुधबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारीमा छन्।

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्