Kathmandu Press

कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादीको संसदीय दल बैठक

उनले संवैधानिक प्रक्रिया रोक्न नमिल्ने भएकाले संसदीय दलको बैठकले बोलाएकाे बताएका छन्।
कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादीको संसदीय दल बैठक

सुर्खेत, चैत २१ : कर्णालीका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक संसदीय दलको बैठक बोलाएका छन्।

राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने निर्णय लिन शर्माले संसदीय दलको बैठक बोलाएका हुन्।

उनले संवैधानिक प्रक्रिया रोक्न नमिल्ने भएकाले संसदीय दलको बैठकले बोलाएकाे बताएका छन्।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर एमालेलाई सरकार गठनका लागि मार्ग प्रसस्त गर्न निर्देशन दिएका थिए। तर, शर्मा भने विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्ने पक्षमा छन्।

शर्माको सोही अडानका कारण हिजो तय भएको प्रदेशसभा बैठक आजलाई सारिएको थियो। प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ।

 

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्