रास्वपामा सहकारीको रकम हिनाहिनामा संलग्नको ‘कोर टिम’ नै छ : महामन्त्री शर्मा
‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरि म के आग्रह गर्दछु भन्दा त्यो पार्टी भित्र एउटा कोर टिम रहेछ। जो सहकारीको रकम ठगीमा संलग्न छ,’ उनले भने, ‘अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ।’
काठमाडौं, चैत २१ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन्।
आज बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे।
‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरि म के आग्रह गर्दछु भन्दा त्यो पार्टी भित्र एउटा कोर टिम रहेछ। जो सहकारीको रकम ठगीमा संलग्न छ,’ उनले भने, ‘अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ।’
देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरि फरार र रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्दै शर्माले राई मलेसिया रहेको उल्लेख गरे।
‘मैले आरोप लगाएको होइन, खोज्ने काम सरकारले गर्ला तर हामीले पाएको सूचनाअनुसार जीवि राई गृहमन्त्रीको सम्पर्कमा छन्। आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा राख्ने तथ्यमा हामी पुगिसकेका छौं,’ उनले भने।
सरकार बलजफ्ती गरेर आए सदन चल्न नदिने शर्माको चेतावनी दिए।