गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबनाए अब कांग्रेसले संसद चल्न नदिने
बुधबारको प्रतिनिधिभसा बैठकमा बोल्दै कांग्रेस संसद तथा महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानविन समितिको कांग्रेसको अडान दोहोर्याए। उनले कांग्रेसले संसदीय छानविन समितिको दिएको अल्टिमेटम सकिएको र अब पनि छानविन समिति नबनाएर अर्को बैठकबाट संसद् चल्न नदिने बताए।
काठमाडौं, चैत २१ : सहकारीको रकम हिनामिना प्रकरणमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको विषय संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने अडान कांग्रेसले कायमै राखेको छ।
बुधबारको प्रतिनिधिभसा बैठकमा बोल्दै कांग्रेस संसद तथा महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानविन समितिको कांग्रेसको अडान दोहो¥याए। उनले कांग्रेसले संसदीय छानविन समितिको दिएको अल्टिमेटम सकिएको र अब पनि छानविन समिति नबनाएर अर्को बैठकबाट संसद् चल्न नदिने बताए।
‘यसअघि थुप्रै घटनामा संसदीय समितिहरु बनेका छन्, न्यायिक छानविन समिति बनेका छन् । हामी अहिले राजीनामा पनि मागिरहेका छैनौं, न्यायिक छानविन समिति पनि भनिरहेका छैनौं। हामी त संसदीय छानविन मात्र भनिरहेका छौं,’ महामन्त्री शर्माले भने, ‘प्रतिपक्षी कांग्रेस र ५० हजार बढी सहकारी पीडितको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ आजबाट हाम्रो अल्टिमेटम सकिएको छ। के प्रतिपक्षको विनम्रता, शालीनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएको प्रश्न गलत लाग्यो? सरकारलाई अपिल छ, अबको बैठकमा आउँदैगर्दा सरकारले संसदीय छानविन समिति लिएर आओस्, हामी त्यो कुराभन्दा न दायाँ न बायाँ हुन्छौं।’
महामन्त्री शर्माले कांग्रेसले यो मुद्दा उठाएर त्यत्तिकै टुंग्याउँदै छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे। उनले सत्ता समीकरणको खेलमा कांग्रेसले कुनै चाल नगरेको पनि बताए।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

