गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो। तर, पाण्डेले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्।
कास्की, चैत २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो। तर, पाण्डेले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्।
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक डाकेका थिए। बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए।
गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन्। जुन संख्या सरकार बनाउन पर्याप्त छैन। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन्।
प्रकाशित मिति: ११:३५ बजे, बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)