Kathmandu Press

इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो।
इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

इलाम, चैत २१ : निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। इलाम–२ मा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ। 

उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो।

Hardik ivf

बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ।

कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ।

यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्रीहरु चैत २३ गते सम्ममा जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:०१ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्