गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक डाकेका थिए। बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए।
कास्की, चैत २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन्।
मुख्यमन्त्री पाण्डेले उनले बिहान ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक डाकेका थिए। बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए।
फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो।
तर, पाण्डेले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्।
प्रकाशित मिति: १०:५७ बजे, बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)