Kathmandu Press

काँकडभिट्टा नाकामा तीन सय नेपाली अलपत्र

भद्रपुर, चैत १० : पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन्। मन्त्रिपरिषद्को निर्णय....

काँकडभिट्टा नाकामा तीन सय नेपाली अलपत्र

भद्रपुर, चैत १० : पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन्। मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि भारतको विभिन्न शहरबाट मजदुरी गर्ने र विद्यार्थीहरु रहेका छन्।

त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने बताए।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि जाँदै छन्। जिल्ला ट्रभाल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्