उपनिर्वाचनमा एमालेलाई माओवादीले सहयोग गर्छ : नेता पन्त
सदनमा कुनै विषयको उठान गरेपछि टुङ्गो लगाउनुपर्ने दायित्व सोही दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानविन समितिको विषयलाई छाड्न कठिन भएको तर्क गरे।काठमाडौं, चैत २० : एमाले नेता रघुजी पन्तले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गदै पन्तले उपनिर्वाचनमा बारेमा माओवादीसँग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।
यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उनले बताए।
पन्तले अहिलेको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दाबी गरे। एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उनले बताए।
त्यस्तै पन्तले गृहमन्त्रीविरुद्ध छानविनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुर्नविचार गर्ने बताए।
सदनमा कुनै विषयको उठान गरेपछि टुङ्गो लगाउनुपर्ने दायित्व सोही दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानविन समितिको विषयलाई छाड्न कठिन भएको तर्क गरे।