Kathmandu Press

बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारमा एमालेका एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भए छन्।
बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

मकवानपुर, चैत २० : बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका चार जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुले प्रदेश प्रमुख यादव शर्माबाट बुधबार साँझ पद तथा गोपनियताको शपथ लिएका हुन्।

शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारमा एमालेका एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भए छन्।

Hardik ivf

प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मवारी पाएका छन्।

एमालेबाट ४ जना मन्त्री बनेसँगै मन्त्रिमण्डल १३ सदस्यीय बनजेको छ। बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिदषद् कार्यालयसहित १२ मन्त्रालयमा मात्र छ।

मंगलबार नै एकीकृत समाजवादीबाट मन्त्री बनेकी रमा आले मगरले कुनैपनि मन्त्रालयको जिम्मेवारी पाएकी छैनन्। उनले आजै बिहान शपथ लिएकी थिइन्।

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, चैत २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्