Kathmandu Press

चीनका लागि राजदूतमा पाण्डेको नाम अनुमोदन

काठमाडौं, चैत १० : चीनका लागि नयाँ राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरिएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले पाण्डेको नाम अनुम....

चीनका लागि राजदूतमा पाण्डेको नाम अनुमोदन

काठमाडौं, चैत १० : चीनका लागि नयाँ राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरिएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले पाण्डेको नाम अनुमोदन गरेको हो।

उनी विरुद्ध कुनै पनि उजुरी नपरेपछि सर्वसम्मत रुपमा नाम अनुमोदन गरिएको जनाएको छ। उनले नेपाल र चीनबीचको सम्बन्ध थप मजबुद बनाउने प्रतिवद्धता जनाएका छन्।

मन्त्रिपरिषद्को फागुन १८ गतेको बैठकले उनलाई चीनका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि फागुन २८ गते संसदीय सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो।

संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई चीनका लागि राजदूत नियुक्त गर्नेछिन्।

यस अघि चीनका लागि लिलामणि पौडेल राजदूत रहेका थिए। सरकारले उनलाई फिर्ता बोलाएर पाण्डेलाई पठाउन लागेको हो।

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्