Kathmandu Press

सहमति नजुटेपछि कर्णाली प्रदेशसभाको बैठक सारियो 

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी मंगलबार दिउँसो ३ बजेका लागि बैठक डाके पनि सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो।
सहमति नजुटेपछि कर्णाली प्रदेशसभाको बैठक सारियो 

काठमाडौं, चैत २० : गठबन्धनमा सहमती नजुटेपछि कर्णाली प्रदेशसभाको बैठक बुधबारसम्मका लागि सारिएको छ। 

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी मंगलबार दिउँसो ३ बजेका लागि बैठक डाके पनि सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान राखेपछि गठवन्धनमा विवाद सिर्जना भएको थियो। उनले विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने बताएका थिए।

माओवादी केन्द्रको मंगलबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय लिएको थियो। 
 
प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्