Kathmandu Press

गैंडाकोटमा स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

मृत्यु हुनेमा पर्वतकाे फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर-२१ बस्दै आएकी ६८ वर्षीया पार्वती पौडेल रहेकाे प्रहरीले जनाएकाे छ।
गैंडाकोटमा स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

चितवन, चैत २० :  स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा नवलपरासी पूर्वको गैंडाकोटमा एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा पर्वतकाे फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर-२१ बस्दै आएकी ६८ वर्षीया पार्वती पौडेल रहेकाे प्रहरीले जनाएकाे छ।

Hardik ivf

प्रहरीका अनुसार गैंडाकोट नगरपालिका-५ बस्ने २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छन्। स्कुटर आशिकाले चलाएकी थिइन् भने पार्वती पछाडि बसेकी थिइन्।

बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना४ख १०४१ नम्बरको बसले  बा९३प ९२०९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई ठक्कर दिएकाे थियाे। पौडेलको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ भने आशिकाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस र चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, चैत २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्