Kathmandu Press

विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री खनालले पछिल्ला दिनमा बनेको गठबन्धनले जनतामा नयाँ विश्वास पैदा गरेको उल्लेख गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि बढाउनुपर्ने स्पष्ट पारे।
विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, चैत २० : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताएका छन्।

समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले २०७४ को निर्वाचनपछि प्राप्त भएको जनमतलाई जोगाउन नसक्दा नेपालको वामपन्थी आन्दोलन र समाजवादी यात्रा अगाडि बढ्न नसकेको बताए।

Hardik ivf

पूर्वप्रधानमन्त्री खनालले पछिल्ला दिनमा बनेको गठबन्धनले जनतामा नयाँ विश्वास पैदा गरेको उल्लेख गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि बढाउनुपर्ने स्पष्ट पारे।

उनले स्वास्थ्य, शिक्षा र रोजगारी अभिवृद्धि गर्ने गरी वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्रबन्ध गर्नुपर्ने र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

सही नीति र कार्यदिशा बनाएर वामपन्थी र समाजवादी शक्तिबीच एकता कायम गर्दै मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ। वामपन्थी समूहबीच सहकार्य गर्ने ठाउँमा आइपुगेको स्पष्ट पार्दै उनले सङ्गठन र संरचना विकास गरेर जनताका बीचमा जानुपर्नेमा जोड दिए।

'नयाँ ढङ्गले एकताको मञ्च खोजौँ । सडक, संसद् र सरकारबाट प्रगतिशील नीति ल्याएर कार्यान्वयन गर्ने सङ्कल्प गरौं,' उनले भने।

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्