Kathmandu Press

रेशम चौधरीले आह्वान गरेको केन्द्रीय समिति बैठक रञ्जिताले गरिदिइन् खारेज

अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक खारेज गरिदिएकी हुन्।
रेशम चौधरीले आह्वान गरेको केन्द्रीय समिति बैठक रञ्जिताले गरिदिइन् खारेज

काठमाडौं, चैत २० : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरेको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक खारेज गरिदिएकी छन्।

नाउपाका संरक्षक रहेका चौधरीले चैत २३ र २४ गते बैठक डाकेका थिए। चौधरी पत्नी रञ्जिताले चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको बताएकी छन्।

Hardik ivf

अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक खारेज गरिदिएकी हुन्। एमाले र माओवादीसहितको गठबन्धन बनेपछि नाउपामा विवाद उत्कर्षमा पुगेको छ। श्रीमान र श्रीमती विचको झगडाले पार्टी विभाजन उन्मुख बनेको छ। 

सोमबार अनामनगरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा रेशम पक्षका नेताले रञ्जिता पक्षका नेतालाई कुटपिट समेत गरेका थिए। रेशमनिकट नाउपा महासचिव गंगाराम चौधरीले एक विज्ञप्ति जारी गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको डाकिएको बताएका थिए।

महासचिव चौधरीले जारी गरेको विज्ञप्तिमा पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा पार्टीको महत्वपूर्ण विषयवस्तुमा छलफल गर्नुपर्ने भएको बताउँदै सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित बैठकमा उपस्थित हुन भनेका छन्। 

तर अध्यक्ष रञ्जिताले बैठक नै आधिकारिक नभएको बताएपछि नाचउपा विवाद चरम सिमामा पुगेको छ। यता, निर्वाचन आयोगले कैलालीको टीकापुरमा हालै भएको प्रथम महाधिवेशनलाई वैधानिकता दिएको छैन। आयोगले प्रथम महाधिवेशनलाई नै अवैधानिक घोषणा गर्दै अध्यक्षमा निर्वाचित रहेका रेशम चौरधीको पद खारेज गरेपछि उक्त पदमा रञ्जिता बहाल छन्। 
 

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्