Kathmandu Press

विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल : प्रचण्ड

समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन्। 
विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल : प्रचण्ड

काठमाडौं,  चैत २० : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन्। 

समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन्। 

Hardik ivf

दाहालले हालै कांग्रेससँगको समीकरण टुटाएर एमालेसहितका चार दलीय गठबन्धन गरेका थिए। उक्त गठबन्धनमा सरकारको नेतृत्व गरेको माओवादीलाई एमाले, जसपा र रास्वपाले सघाएका छन्। अहिलेको गठबन्धनमा प्रभावशाली एमाले र माओवादी नाममा कम्युनिष्ट भएका पार्टी हुन्। नयाँ गठबन्धन आवश्यक रहेकोमा दाहालले जोड दिए।

उनले भने, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुन गतिका साथ जानुपथ्र्यो, त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि, यी तीन वटा विषयलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाली विशेषताका आधारमा समाजवाद तयार गर्ने कुरा अन्तरनिहित छ।’

विभिन्न चुनौतीका बीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै दाहालले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको उल्लेख गरे। 

उनले भने, ‘थुप्रै चुनौतीका बीचबाट यो पटक म प्रधानमन्त्री भएर सुशासन, सामाजिक न्याय र समृद्धिको कोणबाट कामको सुरुवात गरेको थिएँ। सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रवृतिलाई प्रहार गर्ने, तस्करीको प्रवृतिलाई प्रहार गर्ने जमर्को मैले गरेँ।’ समाजवादको आधार तयार पार्ने विषय कम्युनिष्ट एकताबाट मात्र सम्भव रहेको उनको जिकिर थियो। 

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्