Kathmandu Press

भारतमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन राजदूतावासको अपिल

काठमाडौं, चैत १० : भारतमा रहेका नेपालीलाई आफू बसेको स्थानमै सुरक्षित बस्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली राजदूतावासले आग्रह गरेको छ।

....
भारतमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन राजदूतावासको अपिल

काठमाडौं, चैत १० : भारतमा रहेका नेपालीलाई आफू बसेको स्थानमै सुरक्षित बस्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली राजदूतावासले आग्रह गरेको छ।

सोमबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले अपिल जारी गरि भारतमा रहेका नेपालीलाई सुरक्षितसँग बस्न आग्रह गरेको हो।

राजदूतावासले भनेको छ, ‘कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलन नदिन केही समयका लागि भारतका विभिन्न राज्यहरूले विभिन्न क्षेत्रमा लक डाउन जारी गरिसकेको तथा रेल, बसलगायतका लामो दूरीका यातायातका साधनमा बन्देज लगाएको तथा नेपाल सरकारले समेत आज मिति २०७६÷१२÷१० गतेबाट लागू हुने गरि नेपाल–भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहनु भएका नेपालीहरूलाई आ–आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन यस राजदूतावास हार्दिक अपिल गर्दछ।’

त्यस्तै, राजदूतावासले भारत सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न पनि भारतमा रहेका नेपालीलाई अपिल गरेको छ।

‘कोभिड–१९ (कोरोना भाइरस)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ्य महामारीबाट सुरक्षित हुने सन्दर्भमा नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँ दिल्ली र भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारहरूले जारी गरेका विभिन्न एडभाइजरी÷निर्देशनको सम्मान तथा पूर्णरुपमा पालना गर्दै आफू तथा आफ्नो परिवार सुरक्षित रहनु भारतमा रहनु भएका नेपालीहरूलाई यस राजदूतावास हार्दिक अपिल गर्दछ,’ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भनेको छ।

भारतमा १५ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ। अहिले भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। सोमबार मध्याह्नसम्म चार सय १५ जनामा संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्