नेपाल युवा परिषदले कर्णाली प्रदेशमा युवा सम्मेलन २०२४ आयोजना गर्दै
नेपाल युवा परिषद र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा यही चैत २२ देखि २५ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा 'प्रदेश युवा सम्मेलन २०२४' आयोजना हुन लागेको हो।काठमाडौं, चैत २० : 'उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश' भन्ने मूल नाराका 'प्रदेश युवा सम्मेलन-२०२४' आयोजना हुने भएको छ।
नेपाल युवा परिषद र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा यही चैत २२ देखि २५ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा 'प्रदेश युवा सम्मेलन २०२४' आयोजना हुन लागेको हो। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्ला करिब २०५ जना युवाहरुको सहभागीतामा हुने नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले जानकारी दिए।
कार्यक्रममा विभिन्न व्यक्तिहरुले बिभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा केही महत्वपूर्ण विषयहरुमा प्यानल छलफल गरी अन्तिममा प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, कर्णाली प्रदेश योजना आयोग, सामाजिक विकास मन्त्रालय र केही स्थानीय तहहरुलाई बुझाउने गरी कार्यक्रम आयोजना हुन लागेको बानियाँले जानकारी दिए।
नेपालमा कुल जनसंख्याको ४२।५६ प्रतिशत हिस्सा ओगटेको युवा जमातलाई विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यका साथ युवा उद्यमशीलता, जलवायु परिवर्तन, युवा नेतृत्व, सिप विकास, दिगो विकास लक्ष्य प्राप्ती, सुशासन, आन्तरिक पर्यटन तथा स्थानीय कलासंस्कृति र परिकारहरुको संरक्षण एवं सम्बर्धन, कृषिमा आधारित पेशाको विकास, महिला सशक्तिकरण जस्ता विषयगत कार्यक्रमहरु आयोजना गरी युवाहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यका साथ 'युवा परिवर्तनका सम्बाहक हुन्' भन्ने नारा सहित युवाहरुद्वारा नै नेतृत्व गरेको ७ प्रदेश र ७७ जिल्लामा स्थापित शशक्त युवा संस्था हो नेपाल युवा परिषद।
परिषदले यसअघि बाग्मती र लुम्बिनी प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न गरिसकेको छ भने कर्णाली प्रदेशसँगे अन्य प्रदेश र केन्द्रमा समेत युवा सम्मेलन गर्ने आयोजकले जनाएको छ।