निगमका कार्यकारी अध्यक्ष अधिकारीले पेस गरे स्पष्टीकरण
प्राधिकरणले गत चैत १३ गते अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको थियो। निगमका कार्यकारी अध्यक्ष अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएका हुन्।
काठमाडौं, चैत २० : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष स्पष्टीकरण पेस गरेका छन्।
प्राधिकरणले गत चैत १३ गते अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको थियो। निगमका कार्यकारी अध्यक्ष अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएका हुन्।
निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको थियो।
अधिकारीको स्पष्टीकरणपछि उनलाई कारबाही गर्ने वा नगर्ने भन्ने बिषयको टुंगो लाग्ने छ। प्राधिकरणले हवाई सुरक्षाको लापरबाहीसहित विभिन्न प्रकरणमा लिखित स्पष्टीकरण मागेको थियो।
प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार