Kathmandu Press

‘डिग्री माइला’ नेपालमा रिलिज भएकै दिन अस्ट्रेलिया र अमेरिकामा पनि

निर्माण पक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो। फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्टले रिलिज गर्दैछ। 
‘डिग्री माइला’ नेपालमा रिलिज भएकै दिन अस्ट्रेलिया र अमेरिकामा पनि

काठमाडौं, चैत २० : यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ। 

निर्माण पक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो। फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्टले रिलिज गर्दैछ। 

Hardik ivf

सेभेन सिजका अनुसार फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ। फिल्म अमेरिकाका ४० बढी शहरमा ४ सय बढी शोमा ‘डिग्री माइला’ रिलिज हुँदैछ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ। बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत मञ्चन भइसकेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् र सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माता छन्।

फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन छ।

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, चैत २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्