सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी
प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको जनाए।
काठमाडौं, चैत २० : वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको जनाए।
सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले सो क्रममा यातायात विभाग, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर काठमाडौँ उपत्यकालगायतका सहरमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सकारले पूरा ध्यान दिएको स्पष्ट गरे।
सांसद निशा डाँगीको जलवायु परिवर्तनको असरसम्बन्धी प्रश्नमा मन्त्री सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको जानकारी दिए।
प्रकाशित मिति: १४:३० बजे, मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार